रिक्त पद सूचना

स्वकीय सचिव पदका लागि आवेदन आह्वाननीति, अनुसन्धान तथा संसदीय समन्वय

संसदीय तथा निर्वाचन क्षेत्रसम्बन्धी कार्यलाई अनुसन्धानमुखी, प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी बनाउन योग्य नेपाली नागरिकबाट आवेदन आमन्त्रण गरिएको छ।

पदको उद्देश्य

अनुसन्धानमुखी, प्रविधिमैत्री र उत्तरदायी संसदीय सहयोग

यस पदमा योग्यता, क्षमता, अनुसन्धान कौशल, प्रविधिको प्रभावकारी प्रयोग, सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता र इमानदारितालाई मुख्य आधार बनाइनेछ। छनोट प्रक्रिया मेरिट, पारदर्शिता तथा निष्पक्षतामा आधारित हुनेछ।

योग्यता तथा विशेष प्राथमिकता

न्यूनतम योग्यता र प्राथमिकता दिइने पृष्ठभूमि

न्यूनतम शैक्षिक योग्यता

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण।

भाषा तथा सञ्चार

नेपाली तथा अंग्रेजी भाषामा राम्रो लेखन र सञ्चार क्षमता।

कम्प्युटर सीप

कम्प्युटर तथा Microsoft Office प्रयोगमा दक्षता।

स्थानीय प्राथमिकता

कैलाली निर्वाचन क्षेत्र नं. ५ का स्थायी बासिन्दा वा मतदाता नामावलीमा नाम भएका उम्मेदवारलाई विशेष प्राथमिकता।

  • स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका उम्मेदवार।
  • IT, Computer Science, AI, Data Science, Software Engineering, GIS, कानून, व्यवस्थापन, अर्थशास्त्र, सार्वजनिक प्रशासन, विकास अध्ययन, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, इन्जिनियरिङ वा सम्बन्धित विषय अध्ययन गरेका उम्मेदवार।
  • अनुसन्धान, नीति विश्लेषण, प्रतिवेदन लेखन, AI Tools, Data Analysis, Website Management तथा Digital Communication मा अनुभव भएका उम्मेदवार।
  • नेपालको जुनसुकै स्थानका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

मुख्य जिम्मेवारी

पदका प्रमुख जिम्मेवारीहरू

  1. नीति अनुसन्धान, प्रतिवेदन तथा संसदीय सामग्री तयार गर्ने।
  2. मन्त्रालय तथा सरोकारवाला निकायसँग समन्वय गर्ने।
  3. निर्वाचन क्षेत्रका विकास आयोजना तथा जनगुनासा अनुगमन गर्ने।
  4. सांसदको कार्यालयको डिजिटल प्रणाली, वेबसाइट तथा सामाजिक सञ्जाल व्यवस्थापन गर्ने।
  5. आवश्यकताअनुसार अन्य जिम्मेवारी निर्वाह गर्ने।

आवश्यक कागजात

आवेदनसँग लागू हुने सबै कागजात संलग्न गर्नुहोस्

  1. आवेदन पत्र
  2. व्यक्तिगत विवरण (CV)
  3. रुचिपत्र (Expression of Interest) — नेपाली र अंग्रेजी भाषामा, प्रत्येक अधिकतम १,००० शब्द
  4. नागरिकताको प्रतिलिपि
  5. शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि
  1. अनुभव प्रमाणपत्र (भएमा)
  2. राष्ट्रिय परिचयपत्र नम्बर
  3. PAN नम्बर
  4. बैंक विवरण
  5. पासपोर्ट साइजका २ प्रति फोटो
रुचिपत्रमा समावेश गर्नुपर्ने विषय

पदमा काम गर्न चाहनुको कारण, सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता, कैलाली–५ का प्रमुख विकास चुनौती र समाधान, प्रविधि तथा अनुसन्धानमार्फत सांसदको कार्यालय प्रभावकारी बनाउने दृष्टिकोण, र आफू उपयुक्त उम्मेदवार भएको आधार।

छनोट प्रक्रिया

पाँच चरणको पारदर्शी मूल्याङ्कन प्रक्रिया

01 आवेदन तथा कागजात मूल्याङ्कन

प्रारम्भिक योग्यता र कागजात परीक्षण।

02 रुचिपत्र मूल्याङ्कन

रुचिपत्रको विषयवस्तु र प्रस्तुति।

03 लिखित मूल्याङ्कन

विश्लेषण, भाषा र समाधानमुखी सोच।

04 ५–७ मिनेट प्रस्तुतीकरण

“कैलाली–५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण”

05 अन्तर्वार्ता

अन्तिम चरणको व्यक्तिगत मूल्याङ्कन।

मूल्याङ्कन मापदण्ड

कुल १०० अंक

क्र.सं. मापदण्ड अंक
1शैक्षिक योग्यता10
2अध्ययनको विषय (प्राथमिकता प्राप्त विषय)10
3रुचिपत्र (Expression of Interest)15
4कार्य अनुभव — प्रत्येक वर्ष २ अंक, अधिकतम10
5अनुसन्धान तथा प्रतिवेदन लेखन क्षमता10
6सूचना प्रविधि तथा डिजिटल सीप15
7सार्वजनिक नीति तथा सुशासनसम्बन्धी ज्ञान10
8“कैलाली–५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण” प्रस्तुतीकरण10
9अन्तर्वार्ता10
कुल100
स्नातक
स्नातकोत्तर
एम.फिल./विद्यावारिधि (PhD)१०
पदप्रतिको बुझाइ
कैलाली–५ सम्बन्धी ज्ञान
नवीन सोच र समाधान
विश्लेषणात्मक क्षमता
लेखन शैली, मौलिकता र प्रस्तुति
Microsoft Office (Word, PowerPoint, Excel)
AI Tools
Website Management
Graphic Design / Social Media Management
नेपालको संविधान तथा संघीय शासन प्रणाली
सार्वजनिक नीति तथा सुशासन
कैलाली निर्वाचन क्षेत्र नं. ५ सम्बन्धी ज्ञान
विश्लेषण क्षमता
भाषा तथा प्रस्तुति
समाधानमुखी सोच

आवेदन पठाउनुहोस्

सम्पूर्ण आवश्यक कागजात एउटै इमेलमा संलग्न गर्नुहोस्

योग्य, इमानदार, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा सार्वजनिक सेवाप्रति प्रतिबद्ध उम्मेदवारलाई आवेदन दिन हार्दिक अनुरोध छ।

mp@anandachand.com
अहिले आवेदन दिनुहोस्

Reach Out

Contact the Office

Get in touch with the Parliamentary office of Ananda Bahadur Chand, MP

OFFICE

Parliament Secretariat, Singha Durbar, Kathmandu

PHONE

+977-9851013813

EMAIL

mp@anandachand.com

© 2026 Ananda Bahadur Chand. All rights reserved | Member of Parliament · Kailali-5