शहीद दशरथ चन्द विश्वविद्यालय, गेटासम्बन्धी विषयमा अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेसँग विश्वविद्यालयको टोलीसहित छलफल सम्पन्न भएको छ।
चिकित्सा शिक्षा र सेवाको विकास सुदूरपश्चिम प्रदेशको समग्र विकासको प्रमुख मेरुदण्ड हो। विशेषगरी अर्बौं लगानी भइसकेको शहीद दशरथ चन्द विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउनु अहिलेको मुख्य प्राथमिकता र आवश्यकता हो।
यस अभियानमा सुदूरपश्चिमका सांसदहरूमध्ये आज माननीय केपी खनालको उपस्थिति रहेको थियो। आकस्मिक रूपमा भेटघाट तय भएकाले अभियानको सुरूवातदेखि सँगै रहनुभएका माननीय दीपक बोहोरा, डॉ तारा जोशी, खेम कोइराला, जगतप्रसाद जोशी, कोमल ज्ञवाली, ज्ञानेन्द्र मेहता, जनकसिंह धामी र हरिमोहन भण्डारी उपस्थित हुन सक्नुभएन। but we all are together!
त्यसैगरी, अभियानका सुरुवातकर्ताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सहमहामन्त्री भुपदेव शाह तथा सुदूरपश्चिम प्रदेश सभापति इञ्जिनियर प्रकाश विष्टलगायतको ऐक्यबद्धताले अभियानलाई थप सुदृढ बनाउँदै अघि बढाइरहेको छ।
कुनै एक क्षेत्र वा स्वार्थमा सीमित नभई समग्र सुदूरपश्चिमको दिगो र सन्तुलित विकासलाई केन्द्रमा राखेर योजना पहिचान गर्ने र तिनलाई प्राथमिकतामा राखी प्रभावकारी रूपमा लबिइङ गर्ने उद्देश्यसहित यो छलफल अगाडि बढाइएको हो।
यो संवाद सकारात्मक दिशामा अघि बढिरहेको छ। अर्थमन्त्री डा. वाग्लेले विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभएको छ, र सोहीअनुसार आवश्यक बजेट विनियोजन हुने अपेक्षा गरेका छौँ।
Reach Out
Get in touch with the Parliamentary office of Ananda Bahadur Chand, MP
OFFICE
Parliament Secretariat, Singha Durbar, Kathmandu
PHONE
+977-9851013813
mp@anandachand.com
© 2026 Ananda Bahadur Chand. All rights reserved | Member of Parliament · Kailali-5